Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उर्लाबारीमा आगलागी हुँदा प्रहरीसहित २२ जना घाइते

मोरङ । मोरङमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।

जिल्लाको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । जसमा उर्लावारीमै कार्यरत ४ जना प्रहरी छन् ।

घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077