Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकमा फूल बेचिरहेकालाई महानगरले भृकुटीमण्डप पुर्‍याएपछि...

काठमाडौं । व्यस्त सडक र सहरका चोकमा फूल बिक्री गरिरहेका व्यापारीलाई काठमाडौं महानगरपालिकाले भृकुटीमण्डप पुर्‍याएको छ ।

तिहारका लागि फूल बेचिरहेकालाई काठमाडौं महानगरपालिकाले खटाएका नगर प्रहरीले ट्रकमा राखेर भृकुटीमण्डप पुर्‍याएको हो ।

तिहारलाई लक्षित गरेर फूल बेचिरहेका किसान र साना व्यवसायीलाई महानगरपालिकाले तोकिएका बिक्रीस्थलहरूमा मात्रै कारोबार गर्न निर्देशन दिएको थियो ।

महानगरपालिकाले भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणलाई फूल बिक्रीस्थल तोकेको छ ।

आइतबार न्यूरोड क्षेत्रमा फूल बेचिरहेकाहरूलाई महानगरपालिकाले गाडीमा हालेर भृकुटीमण्डप पुर्‍याइदिएको हो ।

नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग समेत संयुक्त पहल गरेर फूल बिक्रीस्थल तोकिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077