Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेबनानको राजधानीलाई पनि गजाजस्तै बनाइदिने इजरायलको चेतावनी

एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की दिएको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इजरायलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गजाजस्तै बनाइदिने चेतावनी दिएका हुन् ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले एक टेलिभिजन सम्बोधनमा इजरायलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए। पछिल्लो एक सातायता इजरायलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए ।

उनले इस्लामी देशहरू इजरायलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए। शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इजरायललाई तत्काल संघर्षविराम गर्न अपिल गरेका थिए।

हिजबुल्लाहका नेताको अभिव्यक्तिको जवाफमा रक्षामन्त्री गालान्टले हिजबुल्लाह गम्भीर गल्तीको नजिक रहेको चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077