Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - भूकम्प पीडितको आवश्यकताअनुसार राहत सामग्री पुगेको छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितको आवश्यकताअनुसार राहत सामग्री नपुगेको बताएका छन् ।

महामन्त्री थापाले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको बताएका हुन् । महामन्त्री थापाले भूकम्प पीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताए।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत र पुननिर्माणका सन्दर्भमा सुझाव राखेका विषयमा जानकारी दिँदै पीडितहरूलाई चिसोबाट बचाउनुपर्ने बताए ।

महामन्त्री थापाले भने,‘सरकारले एकद्वार प्रणालीले राहत वितरणलाई केही हदसम्म व्यवस्थित बनाएको छ । तर, अझैपनि समस्याहरू छन्, आवश्यकताअनुसार राहत सामग्री फिल्डमा पुगेको छैन । फिल्डमा पुग्दा जसले पनि त्रिपाल मागिरहेको छ, किन छ भनेर हेर्दाखेरि ओढ्नेओछ्याउने कपडा दुःखसुख उहाँहरूले पूरानै भएपनि प्रयोग गर्नुभएको छ, तर छानो भत्किसकेपछि अब उहाँहरूको नयाँ छानो छैन, ओत लाग्ने ठाउँ छैन ।’

सरकारले तत्काल राहतसँगै पीडितहरूका लागि अस्थायी आवास बनाउन आवश्यक रहेको थापाले बताए । महामन्त्री थापाले आवासका लागि घरटहरा निर्माण गर्न अनुदान दिने विषयमा सरकार सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077