Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाडीले ठक्कर दिँदा मोटरसाइकल यात्रीको मृत्यु

काठमाडौं । तनहुँमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बरालीको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मोटरसाइकल चालक १९ वर्षीय विशाल बराली घाइते भएको र उनको उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077