Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगलमा मृत भेटिएका चौधरी सशस्त्रका जवान रहेको खुलासा

दाङ । जंगलमा मृत अवस्थामा फेला परेका व्यक्ति सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ।

घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको शव बिहीबार बेलुकी जंगलमा फेला परेको थियो।

कलिवस्तुमा कार्यरत चौधरी कात्तिक २१ गते घर बिदामा आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लले बताए।

बुधबार बिहान स्थानीय महिलासँग जंगलमा मालुको पात टिप्न गएका बखत उनको रूखबाट लडेर मृत्यु भएको थियो।

रूखबाट लडेर मृत्यु भएको भनिए पनि चौधरीको छातीमा बन्दुकको छर्रा लागेजस्तो घाउहरू रहेको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिपोर्टपछि घटनाबारे विस्तृत थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077