एजेन्सी । इजरायल गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएको छ । अमेरिकाका अनुसार युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ ।
यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले जानकारी दिए ।
यसअघि इजरायली सेनाले यी अल्पकालीन युद्ध विरामहरूलाई पूर्ण युद्धविरामको रूपमा बुझ्ने गल्ती गर्न नहुने बताएको छ।
इजरायलले उत्तरी गाजाबाट सर्वसाधारणलाई दक्षिणी गाजातर्फ भाग्न दिन सहमत भएको अमेरिकाले जनाएको छ ।