Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीले पक्राउ गरेको एक ट्याक्टर धान स्थानीयले लुटेपछि...

पर्सा । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको तस्करीको एक ट्याक्टर धान स्थानीयले लुटेर लगेका छन्।

पर्साको छिपहरमाई गाउँपालिकास्थित भेडिअर्वा टिहुकी नाकामा सशस्त्र प्रहरीले धानसहितको ट्याक्टर नियन्त्रणमा लिइसकेको अवस्थामा स्थानीयको समूहले लुटेको हो ।

भारतको बसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा नाका हुँदै बुधबार बिहान राजश्व छलेर भारतबाट ल्याइएको आशंकामा धानसहितको ट्याक्टर सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट मिर्जापुरका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले धानसहितको ट्याक्टर नियन्त्रणमा लिने बितिक्कै गाउँका महिला, पुरुष र बालबालिकाहरूले ट्याक्टरमा लोड रहेको धानको बोरा लुटेर लगेका हुन् ।

घटना प्रकाशमा आएपछि अनुसन्धानका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट मिर्जापुरका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केशव सुवेदीलाई वीरगन्जस्थित सशस्त्र प्रहरी १३ नम्बर गणमा झिकाएर छानबिन भइरहेको छ।

उनको सट्टा मिर्जापुर बीओपीमा सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीलाई पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077