Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलको आक्रमणबाट गाजामा मारिनेको संख्या साढे १० हजार नाघ्यो

एजेन्सी । इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे १० हजार नाघेको छ ।

बुधबार रातिसम्म गाजामा १० हजार ५६९ जनाले ज्यान गुमाएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र गाजामा २१४ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख छ ।

इजरायलले आवासीय क्षेत्रलाई केन्द्रित गरेर आक्रमण गरिरहेको बताइएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसबाट इजरायलमा १४ सय जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077