Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरी समायोजन गर्न संघीय सरकारलाई मुख्यमन्त्री यादवको एक महिने अल्टिमेटम

    प्रहरी समायोजन गर्न संघीय सरकारलाई मुख्यमन्त्री यादवको एक महिने अल्टिमेटम

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 579
    SHARES

    जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजनका लागि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन् ।

    जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताएका हुन् ।



    मुख्यमन्त्री यादवले संघीय सरकारलाई प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिए । प्रहरी प्रशासन प्रदेशको एकल अधिकार सूचीमा भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको मुख्यमन्त्री यादवले बताए ।



    मुख्यमन्त्री यादवले भने,’निजामती ऐन लगायतका धेरै विषय छन्, जुन प्रदेशलाई हस्तान्तरण गरिएको छैन । यसले प्रदेश सरकारलाई काम गर्न धेरै अठ्यारो भएको छ । एक साता अगाडि पनि भन्नुभयो कि आउने क्याबिनेटबाट प्रहरी समायोजन गर्छु ।अध्यादेशबाट निजामती ऐन ल्याउँछु । तर भएन ।’

    यसबारे पटकपटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको मुख्यमन्त्री यादवको भनाई छ ।

    ३० दिनभित्र कार्यान्वयनमा गएन भने चरणवद्ध आन्दोलनमा जाने उनले बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

    आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको मुख्यमन्त्री यादवको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार