Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्को दबाबका बाबजुद पनि गाजामा युद्ध विराम नगर्ने इजरायलको अडान

एजेन्सी । इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक अन्तर्वातामा हमाससँग युद्धविरामको सम्भावनालाई ठाडै अस्वीकार गरेका हुन् ।

हमासले बन्धक बनाएकाहरूको रिहा नभएसम्म कुनै पनि हालतमा इजरायलले युद्धविराम नगर्ने बताउँदै उनले आपतकालिन् राहतका लागि भने केही बेर युद्ध रोक्न सकिने बताए ।

यसअघि नेपालस्थित इजरायली दूताबासका राजदूत खनान गोदेरले पनि हमासले बन्धक बनाएका इजरायली तथा अन्य देशका नागरिकहरूको रिहा गरेर हतियार नबिसाएसम्म युद्ध नरोकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077