Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भौतिक पूर्वाधारमन्त्रीका पीएसओ झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ मृत अवस्थामा फेला परेका छन् ।

पीएसओ यमबहादुर सुवेदीको शव हेटौंडा=११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय खानीखोला दरबन्दी भइ हाल मन्त्री दुलाललको पीएसओ रहेका सुवेदीको शव मन्दिर नजिकैको सालको रुखमा कालो पेटीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले शव बिहानै फेला पारेको भएपनि भर्खरै मात्रै शवको सनाखत भएको हो । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।

मृतकको हत्या भएको वा आफैंले आत्महत्या गरेको हो भन्ने विषयमा यकिन भएको छैन घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077