Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमास आक्रमण जासुसी संयन्त्र असफल भएकोबारे अनुसन्धान गर्दै इजरायल

एजेन्सी । इजरायलले आफ्नो जासुसी संयन्त्र असफल भएकोबारे अनुसन्धान थालेको छ । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा आफ्नो जासुसी संयन्त्र असफल भएकोदाबी गर्दै इजरायलले अनुसन्धान थालेको हो ।

विश्वकै बलियो जासुसी संयन्त्र भएको भनिएको इजरायलमा ७ अक्टोबरका दिन गाजापट्टीबाट हमास समूहले अचानक आक्रमण गरी ठूलो मानवीय क्षति पु¥याएको थियो ।

बेन्जामिन नेतन्याहू सरकारले इजरायल डिफेन्स फोर्स र इन्टेलिजेन्स एजेन्सी मोसादलाई उक्त कमजोरीबारे अनुन्धानका लागि निर्देशन दिएको छ।

प्रारम्भिकरुपमा हमासले आक्रमणको तयारी गरेको सूचना पाएर पनि इजरायली सेनाले हमासको आक्रमण क्षमतामाथि विश्वास नगरी बेवास्ता गरेको अनुमान गरिएको छ ।

हमासको आक्रमणमा एकै दिन ६ सयभन्दा बढीको मृत्यु र कयौँ मानिस घाइते भएका थिए । हमासले कयौँ मानिसलाई बन्धक बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077