Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प प्रभावितलाई बागमती प्रदेश सरकारको डेढ करोड सहयोग गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचार तथा प्रभावितहरूको उद्धारका लागि कर्णाली प्रदेशलाई १ करोड ५० लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

गएरातिको भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ।

प्रहरीका अनुसार भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते भएका छन्।

अरू भौतिक संरचनामा कति क्षति पुग्यो भन्ने यकिन विवरण अझै आइपुगेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077