Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले भने – हामी साथमा छौँ, सहयोग गर्छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको बताएका हुन् ।

उनले नेपालको दुःखद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतातामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताए ।

साथै उनले शोकसन्तप्त परिवारमा सववेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे । उनले लेखेका छन् 'नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।'

गएराति शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077