Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचखालमा आगलागी हुँदा चारवटा पसलमा क्षति

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकस्थित उद्धवप्रसाद तिमल्सिनाको घरमा आगलागी भएको छ ।

शुक्रबार बिहान सवा ६ बजे विद्युत सर्ट भएर तिमल्सिनाको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेका अनुसार आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077