Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजाका लागि सहायता सामग्री बोकेका सयौं ट्रक इजिप्टमै अड्किए

एजेन्सी । प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् ।

करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठाइएको थियो ।

तर सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भए पनि ट्रकहरू गाजा प्रवेशका लागि कुरिरहेको बताइएको छ ।

दैनिक आवश्यक पर्ने १०० ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ ।

जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077