Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिममा झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार ३.०४ अंकले बढेको छ । चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।

कारोबारको सुरुमा करिब ४५ मिनेट निरन्तर ओरालो लागेको बजार त्यसपछि केही सुधार भयो । सुरुमा घटेको बजार इन्ट्रा डे कारोबारमा उतार चढाबकाबिच करिब १ घन्टा बढेर १८७० बिन्दुमा पुग्यो । त्यसपछि पुन घट्न थालेको बजार कारोबार सकिन ४५ मिनेट बाँकी रहँदासम्म घटिरहेको थियो । ४५ मिनेटबाट बढन थालेको बजार अन्तिम समयमा ३.०४ अंकले बढेर परिसूचक १८७८.७० बिन्दुमा रोकिएको हो ।

बजारमा सामान्य सुधार देखिँदा बैंकिङ समूहको उपसूचक ०.५८, विकास बैंक २७.०४, वित्त १३.१२, जलविद्युत ४.२०, जीवन बीमा १२.८३, माइक्रोफाइनान्स २.९८, निर्जीबन बीमा ८३.२१ अंकले बढेको छ । कारोबारमा होटल २०.१०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४०.४२ अंकले घटेको छ ।

यो दिन बजारमा २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा पञ्चकन्या माई हाईड्रोपावर, मदांकिनी हाईड्रोपावर, सुपर मादी हाईड्रोपावर, इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड आयल, बिन्धाबासिनी हाईड्रोपावर, अप्पर सोलु हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077