Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४८ बलमा ७४ रन बनाएका कुशल भन्छन्–खुसी छु

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा नेपाललाई जित दिलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका ओपनर कुशल भुर्तेलले पहिलो खेलमै राम्रो नतिजा आएकाले खुसी लागेको बताएका छन् ।

खेलपपछि कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘यसअघिको त्रिकोणात्मक शृंखलामा मुलपानीमा रन लागिरहेको थिएन, फाइनलमा मात्रै अलिकति रन लाग्यो । अहिले अब रन लागिरहेको छ, खुसी छु ।’

नेपाललाई ८ विकेटको जित दिलाउने क्रममा ४८ बल खेलेका उनले ८ चौका र २ छक्कासहित ७४ रन बनाएका थिए । उनी टिममा पाएको रोल पूरा गरेको भन्दै खुसी देखिए ।

कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ८४ रनको साझेदारी गरेका थिए । यो नेपाली ओपनर जोडीले २ वर्षपछि गरेको उच्च साझेदारी हो ।

कुशलले भने–‘आसिफ र म २÷३ वर्षदेखि सँगै खेलिरहेका छौं । उसले कसरी खेल्छ मैले कसरी खेल्छु एकअर्कालाई राम्रोसँग थाहा छ । खेल्दा पनि हामी कुरा गरेर खेलिरहेका हुन्छौं ।’

रन बनाउन नसक्दा ब्याटरको रुपमा नराम्रो लाग्ने गरेको सुनाउँदै उनले टिममा कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देशाईले सपोर्ट गरिरहेको बताए । नेपाललाई जितका लागि ५ रन चाहिएको बेलामा छक्का हान्ने प्रयास गरेका उनी बाउन्ड्री लाइन नजिकै क्याच भएका थिए ।

विश्वकप छनोट हुनेमा विश्वस्त र आशावादी छौं : गुल्सन झा

अलराउण्डर गुल्सन झाले नेपाली टिम टी–२० विश्वकप क्रिकेटमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा सिंगापुरलाई हराएपछि उनले सन् २०१४ पछि नेपाललाई विश्वकपमा छनोट हुने अहिलो राम्रो मौका रहेको बताए ।

उनले भने–‘हाम्रो लागि सन् २०१४ पछि अहिले राम्रो मौका छ । हामी विश्वकप छनोट हुनेमा विश्वस्त र आशावादी छौं ।’ सिंगापुरसँगको खेलमा उनले आठौं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिएका उनले टिमका लागि आफूले प्रशिक्षकले दिएको भूमिका पूरा गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077