काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् ।
बडादसैँ २०८० को अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर दिउसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ ।
Leave a Reply