Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई विजयादशमीको टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् । मंगलबार उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट टीका र प्रसाद ग्रहण गर्न राजावादी र सर्वसाधारण निर्मलनिवास पुगेका थिए ।

हरेक वर्ष दसैँमा पूर्वराजा शाहले सर्वसाधारण समेतलाई टीका र जमरा लगाउँदै आएका छन् । सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077