Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मामाघर आएकी बालिकाको डुबेर मृत्यु

दाङ । दाङमा मामाघर आएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको देउखुरीको राजपुर गाउँपालिका–गुरुङखोला निवासी सुन्तली खड्काको सात वर्षीया छोरी समीक्षाको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार समीक्षाको तुलसीपुर-७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेर ज्यान गएको हो ।

मृतक समीक्षा चाररपाँच दिन अघिमात्रै मामाघर आएकी थिइन् । उनीसहित तीन जना बालबालिका आइतवार दिउँसो २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077