Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेस अब गठबन्धनमा जाँदैजाँदैनौं : गगन थापा

    कांग्रेस अब गठबन्धनमा जाँदैजाँदैनौं : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 651
    SHARES

    फाइल तस्विर

    xकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

    प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने–‘२०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’



    अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने–‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा २०८४ मा त हारिन्छ भन्ने । यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ ?’ उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताउँदै महासमितिको बैठकले कांग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने बताए ।



    कार्यक्रममा उनले पुस १० गते कांग्रेस र एमालेको सरकार बनाउने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको पनि बताए । पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा विद्रोह गरेर ओलीसँग वार्ता गरेको भएपनि असफल भएको सुनाए ।

    थापाले भने–‘चुनावभन्दा अगाडि कसले के बाचा गरेको थियो हामीलाई थाहा छैन । तर, चुनावपछाडि पुस १० गते हाम्रो सभापतिलाई कांग्रेस ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लाग्यो । जुन स्वाभाविक हो । र, कांग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो । विद्रोह गरेर बालकोटमा ओलीसँग वार्ता गर्नुभयो ।

    ओलीले कांग्रेसको सभापतिले विद्रोह गरेको त्यो स्वीकार्दिनुभएन । मद्दत गरिदिनुभएन । नत्र त्यसबेलामै कांग्रेस एमालेको सरकार बनिसकेको हुन्थ्यो । कांग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले मान्दिनुभएन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार