Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • यस्तो छ बीआरआईमा सीले अघि सारेको ८ बुँदे कार्ययोजना

    यस्तो छ बीआरआईमा सीले अघि सारेको ८ बुँदे कार्ययोजना

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 720
    SHARES

    काठमाडौं । चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा जारी छ ।

    सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।



    बीआरआई परियोजना लागू भएका मुलुक चिनियाँ ऋण पासोमा परेको र स्वतन्त्र व्यापारको अवधारणालाई यसले निषेध गर्न खोजेको आरोप खेपिरहेको सन्दर्भमा सीले बीआरआईका लागि ८ बुँदे अवधारणा अघि सारेका हुन् ।



    सीले अघि सारेको ८ बुँदे अवधारणाको पहिलो बुँदामा युरोप र एशियामा ढुवानीका लागि कोरिडोर उल्लेख छ । यस्तै दोस्रो बुँदामा अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने उल्लेख छ । तेस्रो बुँदामा चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रितवद्धता रहेको छ भने चौथो बुँदामा हरित विकास उल्लेख छ

    त्यसैगरी पाँचौँ बुँदामा विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकास, छैठौँ बुँदामा यस क्षेत्रका मानिसबीच सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य, सातौँमा पारदर्शिता सहितको सहकार्य र आठौँ बुँदामा बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन गर्ने भनिएको छ ।

    आठ बुँदे अवधारणा अघि सारेका सीले चीनले पारदर्शीरुपमा आपसी सहकार्य गर्दै सबैको साझा समृद्धिमा टेवा पुर्‍याउने बताए । सीको भनाइ उद्दृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ–‘चीनले आफ्नो मात्रै विकास गर्न खोजेको छैन । पारदर्शीरुपमा आपसी सहकार्य गर्दै समय सापेक्ष आधुनिकीकरणको बाटोमा सबैलाई अघि बढाउनु हाम्रो लक्ष्य हो ।’

    त्यसैगरी चिनियाँ राष्ट्रपति सीले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने घोषणा गरेका छन् । उनले भनेका छन्–‘अन्तर्राष्ट्रिय संस्था, मिडिया, थिंकट्यांक तथा सांस्कृतिक मञ्चमार्फत यस क्षेत्रमा सांस्कृतिक आदनप्रदानका लागि पर्यटकीय गठबन्धन निर्माणका साथै बीआरआई सचिवालयको स्थापना गरिनेछ । यस्तै हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने उनको घोषणा छ । वार्षिक रुपमा विद्युतीय व्यापार महोत्सव आयोजना गर्ने उनको घोषणा छ ।

    आगामी पाँच वर्षभित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब पुर्‍याउने लक्ष्य रहेको बताएका सीले यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता रहेको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार