काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन् ।
इजरायलको तेल अभिभस्थित बेन गुरियन इन्टरनेसनल एयरपोर्टबाट स्थानीय समयअनुसार दिउँसो २ः५५ बजे उनीहरु उडेका थिए ।
स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ बाट उनीहरूलाई तेल अभिभस्थित भारतीय दूतावाससँगको समन्वयमा भारतको नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको छ ।
फर्किनेहरूमा चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा गएकाहरू छन् ।