Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

    पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ ।

    ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ ।



    विद्यार्थी संख्या न्यून हुँदै गएको, विद्यालयको भौतिक पूर्वाधार जीर्ण भएको र भवन निर्माणका लागि मापदण्डसमेत नपुगेकाले गत भदौदेखि नवआदर्श माध्यमिक विद्यालय बन्द गरिएको महानगर शिक्षा विभागले जनाएको छ । महानगर शिक्षा विभागले उक्त विद्यालय बन्द गरी त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा सारेको छ ।



    २०१५ सालमा स्थापना भएको नवआदर्श माविमा कक्षा १२ सम्म पढाइ हुन्थ्यो । स्थानीय बालबालिका पढाउने उद्देश्यले स्थापना भएको उक्त स्कुल शैक्षिक सत्रको बीचमा बन्द हुँदा शिक्षक तथा विद्यार्थी दुखी बनेका छन् । स्कुलका शिक्षक र विद्यार्थीलाई अन्य स्कुलमा व्यवस्थापन गरिसकेको महानगर शिक्षा विभागका अधिकृत मोती भट्टराईले बताए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार