Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापतिले बोलाएको छलफलमा महामन्त्रीद्वयले भने - कोशीको जिम्मा तपाईँले लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार कोशी प्रदेशको घटनाक्रममा विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले यस्तो टिप्पणी हुन् । महामन्त्रीद्वयले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमीक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन्।

छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। कोशीमा एमालेसँगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उनले बताए ।

उनले सभापतिले विधिवत निर्णय नगर्दा पार्टीभित्र असन्तुष्टि बढेको र कोशीमा विद्रोह भएको दाबी गरे । महामन्त्री शर्माले शेखर कोइरालाले गरेको निर्णयमा पनि आफ्नो सहमति नरहेको स्पष्ट पारे ।

उनले कोइरालाले प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँग चिर्कटोमा गरेको हस्ताक्षरप्रति पनि असन्तुष्टि जनाए। सोमबार देउवाले धुम्बाराहीमा पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077