Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पठाओ र इनड्राईभमा अफलाईन यात्रु बोक्ने ८३ जना प्रहरी फन्दामा

काठमाडौं । नेपालको राइड सेयरिङ कम्पनी पठाओ र इनड्राईभमा अफलाइन राइड गर्ने ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अफलाइन यात्रु बोक्ने ८३ जनालाई पठाओ र इनड्राईभ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनलाइन राइड सेयरिङ एपको नाममा अफलाइन बसेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

अफलाइन राइड सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिम सृजना हुने पनि प्रहरीले जनाएको छ । अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077