Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले नेपाललाई हस्तान्तरण गर्‍यो ज्यान गुमाएकामध्ये पाँच जनाको शव [नामावलीसहित]

काठमाडौं । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेका ज्यान गुमाएकामध्ये पाँच नेपालीको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। लेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार पाँच वटा शव प्राप्त भएको हो ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले आइतबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले भनेको छ । यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन् । असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077