काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।
तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएका हुन् ।
इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा २५४ जना नेपालीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।
इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।