Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलको हवाई आक्रमणबाट सिरियाका दुई मुख्य विमानस्थलमा क्षति

एजेन्सी । इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा क्षति पुगेको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियामा एक दशकभन्दा लामो समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी देशमाथि सयौँ हवाई आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077