Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • ‘१७ जना नेपाली साथी बचाएका विपिन जोशी रियल हिरो हुन्, उसलाई हमासले लग्यो’

    ‘१७ जना नेपाली साथी बचाएका विपिन जोशी रियल हिरो हुन्, उसलाई हमासले लग्यो’

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 24.9K
    SHARES

    काठमाडौं । इजरायलबाट नेपाली फर्किएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले वेपत्ता भएका विपिन जोशीलाई हमासले लगेको बताएकी छिन् । उनले इजरायलबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बोल्दै १७ जना नेपालीको ज्यान जोगाएका विपिनलाई हमासले लगेको बताएकी हुन् ।

    हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् ।



    साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह समेत गरिन् । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भएभने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले बताइन् ।

    इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरेर आफूहरू सुरक्षित नेपाल आएको उनी बताउँछिन् । सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार