Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • खानेपानीमा लार्भा भेटिएपछि काठमाडौंको पशुपति पानी उद्योगलाई एक लाख जरिवाना

    खानेपानीमा लार्भा भेटिएपछि काठमाडौंको पशुपति पानी उद्योगलाई एक लाख जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 447
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ।

    पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै महानगरले उद्योगलाई १ लाख जरिवाना गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए।



    पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको झाले बताए। ग्राहकले खरिद गरेको पानीको जारमा लामखुट्टेका लार्भा भेटिएपछि उपभोक्ताले महानगरलाई जानकारी गराएका थिए।



    महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार