Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपतिसमक्ष पूर्वराष्ट्रपति यादवको आग्रह – ढुंगा, गिट्टी, बालुवाको निकासी नखोलौँ

    राष्ट्रपतिसमक्ष पूर्वराष्ट्रपति यादवको आग्रह – ढुंगा, गिट्टी, बालुवाको निकासी नखोलौँ

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 603
    SHARES

    काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

    पूर्वराष्ट्रपति यादवले चुरे, जैविक विविधता, वन एवम् कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।



    भेटमा अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराएका छन् ।



    राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति यादवसहित विज्ञहरूले गराएकको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेका छन् । मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार