Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल भन्छन् - प्रविधिमा पर्याप्त लगानी नहुँदा अपेक्षित गतिमा विकास भएन्

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेका कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताए ।

भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको राष्ट्रपति पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077