काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुनले इजरायल युद्धको नाममा सरकारमाथि अनावश्यक आक्रमण भएको बताएका छन् ।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकलाई संम्बोधन गर्दै महासचिव पुनले यस्तो बताएका हुन् । महासचिव पुनले इजरायल युद्ध देखाएर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताए ।
पार्टी उनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास भएको बताए। तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल भएको उनको भनाइ थियो।
सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे ।
उनले बुधबार मात्र सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको जनाए ।
Leave a Reply