Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनतालाई अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास छैन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छभन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने,'अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको । यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ । जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन ।'

महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला काण्डलाई ढाकछोप गर्छ भन्ने गुनासो आउने गरेको बताए ।

महामन्त्री थापाले अख्तियारले ठुला माछालाई बचाउने गरेको बताए । उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077