Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालोमोसो दल्ने अभियान्ता प्रसाईंमाथि नै कालोमोसो दलियो

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ।

बैंक, लघुवित्त र सहकारीको ऋण मिनाहालगायतको माग राखेर अभियान चलाई रहेका प्रसाईंमाथि आज कालोमोसो दलिएको हो ।

प्रसाईँलाई काठमाडौंको कान्तीपथस्थित यल्लो पेगोडा होटल अगाडि उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।

उनले बैंकको चर्को ब्याजदरको विरोध यसअघि विभिन्न अभियान समेत चलाएका थिए । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077