Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३/२ को सेटमा जित निकालेको हो।

पहिलो सेट मंगोलियाले २५/१७ ले जितेको थियो। तर दोस्रो सेटमा नेपाल २५/१८ र तेस्रो सेटमा २५/२१ को जितसँगै अग्रता लिन सफल भयो।

चौथो सेटमा मंगोलिया २५/१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५/१२ ले विजयी भयो।

मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।

समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077