Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिसँग विवेकशील साझाको आग्रह - संवैधानिक संस्थाहरुको गरिमा बचाइदिनू

काठमाडौँ । विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनीहरुले शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराए ।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संवृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भन्दै विवेकशील साझा पार्टीले ती संस्थाहरुलाई दलियकरणबाट मुक्त गर्नु पर्ने राष्ट्रपतिलाई अवगत गराएको छ ।

राष्ट्रपति पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संवद्र्धन अभियान’बारे पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077