Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनु पर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले यस्तो बताएका हुन् ।

उनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे ।

संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटीलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

विधेयकका कतिपय व्यवस्था संघीय प्रणाली अनुकूल नभएको भन्दै उनले संशोधनमार्फत परिमार्जन गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077