Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेक्सिकोको सीमामा थप पर्खाल लगाउँदै अमेरिका

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ ।

मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले घोषणा गरेको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ ।

अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिने मन्त्री मेयरकासले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077