Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

जनयुद्ध दिवसका विषयमा केपी ओलीको अभिव्यक्तिलाई प्रतिवाद गर्छौं : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन् ।

उनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएको दाबी गरे ।

उनले यसको राजनीतिक तवरले प्रतिवाद गर्ने बताए । केपी शर्मा ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारिक धारणा हो जस्तो आफूलाई नलागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077