Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै चिजको मूल्य बढ्यो, अब जनतालाई सरकारप्रति भरोसा छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । नेता पौडेलले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको दाबी गरे ।

नेता पौडेलले भने,‘अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति छ । देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’

उनले देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएको पनि बताए। उनले देश आर्थिक मन्दीले थलिएको बताए। कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077