Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट दुई छात्रको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङ । धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । जिल्लाको गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १५ र १६ वर्षका क्रमशः सञ्जिव श्रेष्ठ र निर्मल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुवै बालक सिद्दलेक गाउँपालिका ६ परेवाटारका रहेको खुलेको छ ।

दुवैजना बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी हुन् । प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077