Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’

    त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

    विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।



    “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने ।



    यसरी ओभरसुट गरेको जहाजले एक फन्को लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ ।

    अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार