Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्द्रजात्रा हेर्न गएका कार्कीको न्युरोडमा हत्या, दुई जना पक्राउ

काठमाडौं । न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ ।

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो ।

गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077