Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • वर्षमान पुन भन्छन् – मूलधारका दलहरुका योगदानको अवमूल्यन गर्न खोजियो

    वर्षमान पुन भन्छन् – मूलधारका दलहरुका योगदानको अवमूल्यन गर्न खोजियो

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूको असान्दर्भिक भएको भन्दै विकल्प खोज्नुपर्ने भनेर भाष्य निर्माण गर्न खोजिएको बताएका छनन् ।

    १५४औँ गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले सो कुरा बताएका हुन् ।



    पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए ।



    ‘पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । कतिपय नियोजित प्रश्न छन् । इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका राजनीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार