Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता पौडेलले भने - महँगी बढिरहने हो भने हामीले सत्तामा बसिरहन जरूरी छैन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले महँगी बढिरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका छन् ।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । नेता पौडेलले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताए ।

नेता पौडेलले भने,‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरूरी छैन । केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरूरी छैन। म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो।’

संघीय सरकारमा कांग्रेसका ९ जना मन्त्री छन्। उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे। पार्टी सरकारमा भएकोले यो-यो काम पूरा भयो र यी बाँकी छन् भनेर भन्न पाउने स्थिति निर्माण हुनुपर्ने पनि नेता पौडेलले बताए।

काम नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए। पार्टीका कामकारबाही कछुवा गतिमा भइरहेकोमा उनले असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077