Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाना पकाउने ग्यासको भाउ ह्वात्तै बढ्यो, प्रतिसिलिण्डर २११० रुपैयाँ !

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

अब ग्यासको भाउ प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । निगमका अनुसार आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077